March 1, 2024
काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै परराष्ट्र नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने सूची छ ।
त्यसैगरी बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति:March 1, 2024
September 7, 2024