यस्तो छ तपाईंको १८ फाल्गुन २०८०, शुक्रबार – आजको राशिफल

  Sampatti News Online

March 1, 2024

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  : दैनिकी राम्रो छ । मन खुशी हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ । परिवारबाट साथ र सहयोग मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  : दिन राम्रो छ । आफ्नो काम आफै गर्नुपर्ने देखिन्छ। अरुलाई विश्वास गर्नु धोखा हुनेछ। श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । धर्ममा मन जानेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  : दिन राम्रो छ। अचानक हुनसक्ने जोखिम टर्ने योग छ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट उन्नति हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । भौतिक सुख र सुविधाले दिन रमाइलोसँग बित्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : दिन सामान्य छ । तपाईंको राम्रो कामलाई लुकाएर एउटा नराम्रो कामको खोजी हुनसक्छ। आफ्ना भन्नेसँगै जोगिएर काम गर्नु राम्रो हुन्छ । परिवारबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : दिन राम्रो छ । तपाईंको प्रशंसा हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक सेवामा सम्मान प्राप्त हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिलनेछ। परिवारमा खटपट हुने देखिन्छ। प्रेम सम्बन्धलाई सचेत भएर अगाडि बढाउनु राम्रो हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : समय राम्रो छ । चन्द्रमा दाहिना छन् । हिम्मत गर्नुभयो भने लक्ष्यमा पुग्ने दिन छ। ठुलो लगानी गर्ने समय आएको छ। परिवारको साथ मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : दिन राम्रो छ । आफ्नो रुचि अनुसारको काम गरेमा सफलता मिलनेछ । शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । परिवारको साथ र सहयोग रहनेछ भने स्वदेशमै लगानकिो अवसर जुट्ने देखिन्छ । हल्ला गर्नेहरुसँग संगत नगरेकै राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : समय सामान्य राम्रो छ। शिक्षाबाहेक अन्य क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ । खुट्टा तान्ने र कुरा काट्नेहरु सक्रिय छन् । अचानक रोग बढ्ने जोखिम छ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : दिन राम्रो छ । धार्मिक क्षेत्रमा मन जानेछ । परोपकार गर्नु राम्रो हुनेछ । लगानी गर्ने भए स्वदेशकै लगानीले फाइदा गर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : दिन सामान्य छ । हरेक क्षेत्रमा गरेको लगानीबाट घाटा सहनु पर्ने देखिन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीले फाइदा दिनेछ । परिवारले कठिन परिस्थितिमा पनि साथ दिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन सामान्य छ। आफ्नो बोलीले आफै अफ्ठेरोमा पर्ने हुनसक्छ। आज हरेक क्षेत्रमा विवाद हुनसक्छ । शिवको दर्शन गरेर कामको सुरुवात गर्नु रामे हुन्छ । परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अचानक धन खर्च हुने योग छ। खर्च गर्ने क्षेत्रमा सचेत हुनुपर्ने देखिन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ । सामाजिक क्षेत्रमो गरेको लगानीले खुशी दिनेछ।

प्रकाशित मिति:March 1, 2024