त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य

  Sampatti News Online

March 1, 2024

काठमाडौं । टी–२० क्रिकेट सिरिजमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएकोे छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको हो।

खेलमा नेपालका आक्रमक ब्याटर कुशल मल्लले अर्धशतक पूरा गरे। उनले ३६ बल खेल्दै ५४ रन बनाए। मल्लले ४ छक्का र एक चौका प्रहार गरे।  आजको खेलमा कुशल भुर्तेलको स्थानमा आएका ओपनर अनिल साहले १७ बलमा २३ रन बनाए भने अर्का ओपनर आशिफ शेख १ रनमा आउट भए।

गुलसन झाले २६ रन बनाए। उनले १६ बल खेल्दै ३ छक्का र १ चौका प्रहार गरेका थिए।

यस्तै कप्ता रोहित पौडेलले १० रन बनाए भने दिपेन्द्रसिंह ऐरीले १६ रनको योगदान दिए। करन केसी ७ रन बनाए आउट भए भने सोमपाल कामीले २ रन बनाए।

नामिवियाविरुद्धको पहिलो खेलमा २० रनले पराजित भएको थियो। सिरिजमो दोस्रो खेलमा नेदरल्याण्डससाग २ रनले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ।

प्रकाशित मिति:March 1, 2024