गठबन्धन टुट्दैन: कांग्रेस सभापति देउवा

  Sampatti News Online

March 1, 2024

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन्।

भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आएका देउवाले गठबन्धनले निरन्तरता पाउने बताए। एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ।

पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने स्पष्ट पारे । ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ,’ उनले भने ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री सहभागी छन्।पूर्वप्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी भरतपुर पुगेका छन्। 

नारायणी नदी किनारमा दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ । उद्घाटनअघि आजै भरतपुरका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निकालिएको छ ।

प्रकाशित मिति:March 1, 2024