संघीय संसदबाट दुई वटा विधेयक पारित

  Sampatti News

March 1, 2024

काठमाडौं। शुक्रबार (आज) संघीय संसदबाट दुई वटा विधेयक पारित भएको छ । प्रतिनिधि सभाबाट पास भएर गएको सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पास भएर प्रतिनिधि सभामा पुगेको थियो । प्रतिनिधि सभाले शुक्रबार पारित गरेसँगै यो विधेयक संघीय संसदको दुबै सदनबाट पारित भएको हो ।

अब यो विधेयक प्रतिनिधि सभाबाट पारित भएको सन्देश राष्ट्रिय सभामा जान्छ । प्रतिनिधि सभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुनेछ ।

४ मंसिर २०७९ मा भएको प्रतिनिधि सभा सदस्यको चुनावपछि संघीय संसदले बनाएको यी दुई वटा कानुन दोस्रो र तेस्रो हो ।

पहिलो ऐन बनेको सात महिनापछि संघीय संसदले थप दुई वटा ऐन बनाएको हो ।

प्रकाशित मिति:March 1, 2024