आजको विनिमय दर : कति पुग्यो डलरको भाउ ?

  Sampatti News

March 3, 2024

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ५१ पैसा र बिक्री दर १५० रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०७ पैसा र बिक्री दर ८६ रुपैयाँ ४६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ०४ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रकाशित मिति:March 3, 2024