कपिवस्तु जिल्ला अस्पतालका अत्यावस्य सेवा बाहेक सबै बन्द

  Sampatti News

August 10, 2020

तौलिहवा। कपिलवस्तु जिल्ला अस्पतालका अत्यावस्यक सेवा बाहेक सबै पूर्ण रुपमा बन्द गरिएको छ। सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो।

अस्तपालका मे. स किशोर बन्जाडेका अनुसार अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो ।

अस्पतालको आन्तरिक बैठकले गरेको निर्णयअनुसार संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सीबाहेका सम्पूर्ण सेवा बन्द रहने छन्।

आइतबार अस्पतालका एक नर्सिङ कर्मचारी, एक ल्याबका कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो।

हालसम्म कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । अस्पतालमा कार्यरत एक महिला कर्मचारीमा दुई महिनाअघि संक्रमण देखिएको थियो ।
त्यस्तै अस्पतालमा स्वाब संकलन गर्दै आएका ल्याब असिस्टेण्ट पनि संक्रमित भएका छन्। उनी अहिले आइसोलेसनमा छन्।

प्रकाशित मिति:August 10, 2020