यस्ताे छ संसदमा दर्ता भएकाे निजामती सेवा ऐनको विधेयक (पूर्णपाठ)

  Sampatti News Online

March 4, 2024

काठमाडौँ। बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार(आज) विधेयक दर्ता गराएको हो । यो विधेयकले निजामती प्रशासनमा लामो समयदेखि देखिएको विविध समस्या हल हुने विश्वास गरिएको छ ।

विवादित विषयलाई मध्यमार्गी बाटोबाट टुंग्याएर विधेयक अघि बढाइएको हो। विधेयकले निजामती सेवामा तहगत प्रणाली अवलम्बन गर्ने व्यवस्था गरेको छ । हाल निजामती सेवामा तह र श्रेणी दुवै प्रणाली छ ।

त्यस्तै, कर्मचारीको उमेरहद ६० वर्ष कायम गरिएको छ । प्रदेश सक्षम नहुँदासम्म प्रदेश सचिव संघकै रहने व्यवस्था गरिएको छ । अन्तरपालिका सरुवा प्रदेशले गर्ने र अन्तरप्रदेश सरुवा संघले गर्ने व्यवस्था विधेयकमा छ । अन्तरतह प्रतिस्पर्धामार्फत  प्रदेश र स्थानीय तहका कर्मचारी संघमा आउन पाउने अवसर पनि विधेयकले दिएको छ।

हेर्नुहोस् विधेयक :

प्रकाशित मिति:March 4, 2024