यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

March 6, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरअनुसार लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३४ पैसा र बिक्री दर १३२ रुपैया ९४ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ८५ पैसा र बिक्री दर १६८ रुपैयाँ ६१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ३८ पैसा र बिक्री दर १५० रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९४ पैसा र बिक्री दर ८६ रुपैयाँ ८३ पैसा छ । त्यस्तै

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८५ पैसा र बिक्री दर १६८ रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

जापनिज एन १० काे खरिद दर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८४ पैसा कायम गरेकाे राष्ट बै‌कले जनाएकाे छ ।

प्रकाशित मिति:March 6, 2024