बागमती प्रदेशमा ४ सय ५७ जना विद्यालय नर्सको दरखास्त आह्वान (विज्ञापनसहित)

  Sampatti News

March 7, 2024

काठमाडौँ । बागमती प्रदेश सरकारले ४ सय ५७ विद्यालय नर्सका लागि दरखास्त माग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।

एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा काम गर्ने गरी नर्स सेवा करारमा लिन लागेको हो । पाँचौँ तहको नर्स पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारले दर्खास्त फारम निर्देशनालयको वेबसाइटमा उपलब्ध छ । आवेदन आगामी चैत १४ गतेसम्म कार्यालय समय भित्र बुझाउन भनिएको छ ।

हेर्नुस् विज्ञापन :

प्रकाशित मिति:March 7, 2024