नेप्सेमा दोहोरो अंकको सुधार, २ अर्ब ९२ करोड रुपैयाँको कारोबार

  Sampatti News

March 10, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २२.१० अंकले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा बन्द भएको हो ।                                                         नेप्सेमा आज २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९४ वटाको बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा धेरै मूल्य बढेका कम्पनीमा पनि माइक्रोफाइनान्सहरु अगाडि रहे । विन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माहुलीको ८.७, सपोर्टको ८.७, उन्नती सहकार्यको ७.९, धौलागिरि लघुवित्तको ७.७, किसान लघुवित्तको ६.७ तथा सबैको लघुवित्तको ६.२ प्रतिशत मूल्य बढ्यो ।

आज चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य आज ७.०६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको २२ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।       

प्रकाशित मिति:March 10, 2024