काठमाडौँ उपत्यकामा मात्रै थप १ सय ३९ जनामा कोरोना

  Sampatti News

August 12, 2020

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्र १ सय ९ जना संक्रमित थपिएका छन्। यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन। बुधबारमात्र नेपालमा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति:August 12, 2020