१८ वर्षीया किशोरीको हत्या आरोपमा पक्राउ परेका आरोपी सार्वजनिक

  Sampatti News

March 17, 2024

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३ स्थिती तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको आरोपमा पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ । १२ कक्षामा अध्ययनरत सुष्मा लामा नाम गरेकी १८ वर्षीया किशोरीको हत्या आरोपमा पक्राउ परेका तारेभीरकै २१ वर्षीइ रुपेन्द्र लामालाई प्रहरीले सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई घरैबाट पक्राउ गरेको थियो ।

 सुस्माको हत्याको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरेको थियो । प्रहरीले उनलाई आतबार सार्वजनिक गरेको हो । 

शव फेला पर्नेसाथ हत्या हो भन्ने प्रमाणहरू फेला परेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जनकारी दिए । उनले भने, ‘शव उत्खनन गर्दा दुई हात बेल्टले बाँधिएको र घाँटीमा टाइले कसिएको अवस्थामा भेटिएको थियो, क्राइम सिन र शवको अवस्था देख्नेबित्तिकै हत्या हो भन्ने प्रमाणहरू फेला परेकाले हामीले गहन अनुसन्धान सुरु गरेका थियौं ।’

प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुस्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी जनाएको छ । सुस्मा र पक्राउ परेका युवक रुपेन्द्र एकै ठाउँका बासिन्दा हुन् । प्रहरीका अनुसार उनीहरू बाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा सँगै जाने गर्थे । पछिल्लो आठ महिनायता भने रुपेन्द्रले सुस्मालाई प्रेमिकाको रुपमा हेर्ने गरेको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् । तर सुस्माले भने रुपेन्द्रसँग प्रेम सम्बन्ध चाहेकी थिइनन् । ‘सुस्मा मेरो हुन सक्दिनन् भने म कसैको पनि हुन दिन्न भनेर योजना बनाएर हत्या गरेको देखियो’, अनुसन्धानको नेतृत्व गरेका अपराध अनुसन्धान कार्यालयले भने ।

प्रकाशित मिति:March 17, 2024