सूचना पाएपछि भारततर्फ भाग्न खोज्दै थिए महरा ?

  Sampatti News

March 18, 2024

काठमाडौँ ।  सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।पश्चिम (गन्तव्य यकिन नभएको)तर्फ जाँदै गरेका महरालाई सोमबार रुपन्देही प्रहरीले कपिलवस्तुको सीमाबाट काठमाडौं फर्काएको थियो ।

महरालाई काठमाडौँ ल्याउनका लागि प्रहरीले यति एयरलाइन्सको फ्लाइट करिब एक घण्टा होल्ड गराएको थियो । पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले सुन तस्करीमा महराको संलग्नता रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै महरालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेको छ ।

महरालाई विमानस्थलबाट सिधै सीआईबी लगिएको थियो ।

प्रकाशित मिति:March 18, 2024