साहित्यकार तथा कथाकार परशु प्रधानको निधन

  Sampatti News

March 19, 2024

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको निधन भएको छ । उनकाे ८० वर्षको उमेरमा बानेश्वरस्थित निवासमा निधन भएकाे हाे ।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

वि.सं. २००० मा भोजपुरमा जन्मिएका प्रधानले गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउँथे। पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना – वि.सं. २०१६ मा विराटनगरबाट प्रकाशित हुने छहारी मा “हाँसेकी ती चन्द्रमा” शीर्षकमा प्रकाशित भएको थियो।

प्रकाशित मिति:March 19, 2024