राष्ट्रिय योजना आयोगका सदस्यमा चारजना नियुक्त

  Sampatti News

March 21, 2024

काठमाडौं । राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा सरकारले चारजनालाई नियुक्त गरेका छन् ।

आज बसेको मन्त्रीपरिषद वैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारी राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त भएका छन् ।

नयाँ सत्ता समीकरणपछि यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त रहेको थियो ।

प्रकाशित मिति:March 21, 2024