इलाममा अग्रता बढाउँदै एमाले

  Sampatti News Online

April 29, 2024

काठमाडौं । इलाम-२ मा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले  ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् ।

नेम्वाङले १६ हजार २१९ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ५५७ मत ल्याएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले  ८ हजार ८२५ मत ल्याएर पछ्याइरहेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म २ हजार ३ सय १६ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ४० हजार मत गणना भएको छ ।

प्रकाशित मिति:April 29, 2024