होलि खर्च जुटाउने नाममा रौतहट चेतनगर क्षेत्रका जङ्गल बिनास तीब्र

  Sampatti News

March 23, 2024

रौतहट । रौतहट जिल्लाभर बन बिनाश तीब्र भएको समाचार जानकारीमा आएको छ। स्थानीय राजनीतिक संरक्षकत्वमा बन क्षेत्रका काठपात चोरीपैठारी बढेको स्थानीय नागरिक समाजका अगुवा श्याम श्रेष्ठले सम्पत्ति न्युजलाई बताए । बनको महत्त्व बुझाउन नसक्दा र बुझ्नेहरुले नबुझ्नेलाई प्रयोग गरेर आम्दानीको श्रोत बनाउदा बन मासिने क्रमले तिब्रता पाएको हो। प्राप्त जानकारी अनुसार होलि पर्वको खर्चको निम्ति भन्दै रातभर बन फडानी र चोरी बढेको बताइएको छ।
पछिल्ला दिनमा चेतनगरभित्र मौलिया पैनी छेउ बाट खौराको बन्कुल हुँदै इनरुवा चाबी ,दुई मुहानका क्षेत्र बाट ठुलो संख्यामा बन फडानी गरिरहेका छन। रातीको समयमा ठुला रुख आरो प्रयोग गरेर काटानी भएको देखिन्छ भने दिउँसो हरियो काटानी गरिरहेपनी बन प्रशासन स्थानीय नागरिक समाजको मौनता रहेकोले पनि बन चोरी रोकिएको देखिदैन ।
चोरिएको रुख दाउराहरु जङ्गल नजिक रहेका चिरान मिल र इटा भटामा बेच्ने गरेको कारण कतिपय कमाउनैका लागि र आइपर्ने चाडपर्व मनाउनको निम्ति जगललाई आर्थिक श्रोत को रूपमा हेरिएको छ। चोरी गर्ने समुहको समरक्षण राजनितीक दलले गरेका कारण बन बिनास बढेको हो। बन नजिक रहेको चिरान मिलले सस्तोमा काठ किन्दिने र महगोमा बेच्ने समुहको संगठित गिरोहले बन बिनास गरिरहदा हेरिरहन बिवस बनेका कर्मचारीलाई समेत अतिरिक्त आम्दानी आउने भएकाले मौन बसेको नागरिक समाजको आरोप छ।

दिनरात भैरहेको यो बनबिनासको दृश्य हेरिरहेका स्थानीय समाजसेवी समेत रहेका श्रेष्ठ भन्छ्न हिजोको हरियो बन आज रहेन अब नागरिक स्वयं जागरुक नभए यो क्षेत्र जलवायु परिवर्तनको गम्भीर सिकार बन्ने निश्चित देखिन्छ भन्दै सम्पत्ति न्युजलाइ बन जोगाइदिने अभियानमा लागी दिन आग्रह गरेका छ्न्। यसैबीच बन बिनास बढे सगै बृक्षारोपण अभियान थाल्नुपर्ने सुझाब सगै गत हप्ता मरधरको चादी नजिक जन्म दिनमा एक एक बिरुवा रोपौ अभियान नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्द चौलागाईंले सुरु गरेका थिए। अब यो अभियानले रफतार लिन सके बन बिनास रोक्न मद्दत पुग्ने स्थानीय नगरिकको विश्वास रहेकाे देखिन्छ।

प्रकाशित मिति:March 23, 2024