राजविराजका सव-इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

  Sampatti News

March 23, 2024

काठमाडाै‌ । सप्तर स्थित सामाजिक विकास इकाई कार्यालय राजविराजका सव-इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसहित नियन्त्रणमा लिइएको छ ।

भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर अजय रजकलाई घुस/रिसवत वापतको रकम लिइसके पश्चात नियन्त्रणमा लिने क्रममा निजले घुस/रिसवत वापत लिएको नगद पन्ध्र हजार रुपैयाँ र रु. पचपन्न हजार रुपैयाँको चेक फ्याकी भागेकोले निज भाग्ने क्रममा फ्याकेको उक्त नगद र चेक नियन्त्रणमा लिइएको हाे ।

अनुसन्धानको सिलसिलामा अजय रजकले भवन निर्माण सम्बन्धी खाता रोक्का फुकुवा गर्नुपर्नेमा खाता फुकुवा नगरी/नगराई खाता रोक्का फुकुवा गर्ने प्रयोजनका लागि घुस/रिसवत माग गरी नगद रु.१५,०००।-(पन्ध्र हजार रुपैयाँ) र चेक रकम रु.५५,०००।-(पचपन्न हजार रुपैयाँ) समेत गरी जम्मा रु.७०,०००।-(सत्तरी हजार रुपैयाँ) घुस/रिसवत लिई सकेपश्चात नियन्त्रणमा लिने क्रममा घुस/रिसवत रकम र चेक फाली भागी फरार भएको थिए । उनलाइ उक्त घुस/रिसवत बरामद भएकोबाट निज अजय कुमार साफी भन्ने अजय रजकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७०,०००।-(सत्तरी हजार रुपैँया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएकाे छ ।

प्रकाशित मिति:March 23, 2024