अस्पतालका प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News

March 25, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कृषि सेड निर्माणमा हिनामिना गरेको आरोपमा डा यादवसहित ६ जनाविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले अस्पतालका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी र सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं ९ का तत्कालीन वडाध्यक्ष राम ईश्वर ठाकुर, आम्रपाली बहुमुखी सहकारी संस्थाका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

साथै उनले लिमिटेडले पेश गरेको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी/नगराइ सोही प्रतिवेदन स्वीकृत गरी श्री ९ लाख ७७ हजार १६ रुपैयाँ बढी भुक्तानी गरेका आयोगको दाबी छ ।

आयोगले सोही बराबरको बिगो कायम गरी जरिवाना तथा कैद र बिगो असुल उपर गर्न मागदाबी गरेको छ ।

प्रकाशित मिति:March 25, 2024