घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

  Sampatti News

March 26, 2024

काठमाडौँ । मंगलबार (आज) सुनको मूल्यमा तोलामा ३०० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:March 26, 2024