आयरल्यान्ड ‘ए’माथि नेपालको दोस्रो जित

  Sampatti News

March 26, 2024

काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य लिएर आएको आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १ सय २७ रनमा अलआउट भयो । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९८ रन बनाएको थियो ।

जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए ।

नेपालका ओपनर आसिफ शेख ९ बल खेली समान १ चौका र छक्का प्रहार गरि ११ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले १६ बल खेली समान २ चौका र छक्का प्रहार गरी २५ रन बनाए । अनिल साहले ११ बल खेली २ चौकासहित १२ रन बनाए ।

गुलशन झाले नेपालबाट सर्वाधिक ४६ रन बनाए । उनले ३२ बल खेली १ चौका र ४ छक्का प्रहार गरे । कुशल मल्लले ३४ रन बनाए । उनले सो क्रममा स्पिनर गेभिन होयको बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । कुशलले १३ बल खेली १ चौका र ४ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेलले ३३ रन बनाए । उनले २४ बल खेली ५ चौका प्रहार गरे । सन्दीप जोरा इनिङ्सको अन्तिम बलमा आउट भए । उनले १० बल खेली ३ चौका र १ छक्का प्रहार गरि २१ रन बनाए । विवेक यादव ८ बल खेली ७ रनमा अविजित रहे ।

आयरल्यान्ड ‘ए’ बाट म्याथ्यु फोस्टरले ३ र बेन हृवाइटले २ विकेट लिए । तर दुबै महङ्गा परे । फोस्टरले ४ ओभरमा ४२ र हृवाइटले ४० रन खर्चे ।

आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति:March 26, 2024