विमानस्थलबाट सुन सहित एक जना पक्राउ

  Sampatti News

March 27, 2024

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ परेका छन् ।

मंगलबार बिहान ५० ग्राम सुन सहित प्रहरीले सिरहाकाे धनगढीमाई नगरपालिका–११ का पुरुषोत्तम शर्मालाई नियन्त्रणमा लिएकाे हाे ।

भन्सार छलेर सुन ल्याएको भन्दै २३ वर्षीय शर्मा पक्राउ परेका हुन् । उनीबाट ५० ग्रामको सुनको ब्रासलेट बरामद गरिएकाे हाे ।

प्रहरीले उनलाई अन्तर्राष्ट्रिय आगमनकाे पार्किङ क्षेत्रबाट पक्राउ गरिएकाे हो । उनलाई विमानस्थल भन्सार कार्यालय गौचरमा लगिएकाे छ ।

प्रकाशित मिति:March 27, 2024