आन्तरिक राजस्व र भन्सारमा नयाँ महानिर्देशक : राजस्वमा तिवारी, भन्सारमा निरौला

  Sampatti News

March 27, 2024

काठमाडाै । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज तिवारीलाई विभागको महानिर्देशक बनाई पठाएका हुन् ।

त्यसैगरी भन्सार विभागको महानिर्देशकको रुपमा ढुण्डीप्रसाद निरौला सरुवा भएका छन् । विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गर्दै निरौलाललाई भन्सार विभागमा पठाइएको हो ।

निरौला र तिवारी र हालसालै अर्थमा भित्रिएका सहसचिवहरू हुन् ।

प्रकाशित मिति:March 27, 2024