नेपाल प्रहरीका ९ जना डीएसपीलाई एसपीमा बढुवा (सूचीसहित)

  Sampatti News

March 28, 2024

काठमाडाै‌ । प्रहरी प्रधान कार्यालय नक्सालले ९ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) मा बढुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ८ र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङतर्फ एक गरी नौ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो ।

विगत नौ महिनादेखि एसपी पद रिक्त रहँदै आएको थियाे ।

प्रकाशित मिति:March 28, 2024