आयल निगमका कर्मचारीका आफन्तलाई कोरोना पुष्टि भएसँङै कार्यालय सुनसान

  Sampatti News

August 16, 2020

काठमाडौ। कोभिड १९ को महामारीले बिश्व आक्रान्त बनिरहेको बेला नेपालले पनि यसको ठुलै असर ब्यहोरिरहेको छ। नेपाल आयल निगम भित्र कोभिड १९ आतंक मच्चिएको छ। आयल निगम यतिबेला सुनसान जस्तै बनेको छ।

निगमका कर्मचारीका आफन्तलाई १९ले सक्रमण गरेपछि श्रावण २९ गते निगमका आसङ्कित कर्मचारीलाई पिसिआर परिक्षण गराउनु परेको थियो। प्राप्त जानकारी अनुसार यतिबेला निगमकाे अफिस नै सुनसान जस्तैः देखिएको छ।

एकजना डिएमडी एकछिन आउने र केही कर्मचारी गफकै लागी भएपनी कार्यालय आएको देखिन्छ भने अफिसियल काम अगाडि नबढेको समाचार श्रोत बताउछ। कोभिडका करण निगम मात्र होइन अधिकान्स सरकारी अफिसहरु एकपछि अर्को गरि प्रभावित बन्दै गएकोले कर्मचारीको बीच नै आतंकको वातावरण मात्र बन्दै गएको छैन कार्यालय जानेकी नजाने दोधारको अबस्था आइपरेको सिँहदरबार अफिसियल काममा जाने एक कर्मचारीले सम्पत्ति न्युज लाई बताए। कार्यालय जानै पर्ने बाध्यताले कतिपय कर्मचारीहरु ज्यान जोगाउन कै लागि जागीर खाने कि छोडनेको अबस्थामा पुगेका छन। यसै बिच आर्थिक हिसाबले पनि नेपालीको अर्थतन्त्र डामाडोल भन्दै गएको छ। राजस्व मा यसले सबैभन्दा बढी प्रभाबित भएको देखिएको छ। बैंकहरुलाइ हम्मे हम्मे परेको छ।

कर्मचारीहरूले पुरा समय काम गर्न सकिरहेका छैनन। सुशासन कायम गराउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत प्रमुखलाई कोरोनाले संक्रमण भएको समाचार सङै सिङ्गो कर्मचारी क्षेत्र नै आतंकित बन्न पुगेको अबस्थामा सरकारले बेलैमा साबधानिका बाटाहरु सोच्ने बेला आएको छ।

प्रकाशित मिति:August 16, 2020