सुनको मूल्यमा नयाँ रेकर्ड कायम, आज तोलामा कति ?

  Sampatti News

March 28, 2024

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन १ हजार १ सय रुपैयाँले बढेर तोलामा एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति:March 28, 2024