युवतीलाई अश्लिल म्यासेज पठाएको आरोपमा एक युवा काठमाडौँबाट पक्राउ

  Sampatti News Online

April 27, 2024


काठमाण्डौँ ।
नक्कली फेसबुक आईडी बनाएर युवतीलाई अश्लिल म्यासेज पठाएको आरोपमा बैतडीका एक युवा काठमाडौँबाट पक्राउ परेका छन् । काभ्रेकी एक युवतीलाई अश्लिल म्यासेज पठाएको आरोपमा बैतडीको दशरथ नगरपालिका–३ घर भई काठमाडौँ बस्दै आएका २२ वर्षीय दीपेन्द्र नाथलाई प्रहरीले पक्राउ गरेको हो ।

नाथमाथि कानुन बमोजिम ईलेक्ट्रोनिक कारोबार ऐन २०६३ बमोजिम कारवाहीको लागि अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

निर्माण तामाङ नाम गरेको नक्कली फेसबुक आईडी बनाएर धुलिखेल नगरपालिका–३ की २० वर्षीया विवाहिता एक युवतीलाई सामाजिक सञ्जाल मार्फत् तनाव दिएको आरोपमा विहिबार उनलाई प्रकाउ गरिएको थियो ।

विभिन्न किसिमको अश्लिल शब्द तथा अपशब्द लेखि बैंक खाता नम्बर दिएर युवतीसँग रकमसमेत मागी गाली गलौज, धाक धम्कीसमेत दिएर मानसिक तनाव दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:April 27, 2024