जेल भित्रै बाट बलात्कारीले दिए पीडितलाई ज्यान मार्ने धम्की

पीडित भन्छिन् कहाँ गएर सुरक्षित भैइन्छ

  Sampatti News Online

March 28, 2024

काठमाडौं । तादी ४ नुवाकोटका पशुपति मैनाली हाल डिल्लीबजार कारागारमा थुनामा छन् । उनी बिरुद्ध जवरजस्ती करणीको मुद्दामा काठमाडौ जिल्ला अदालतले फैसला गरिसकेको छ।

सात बर्ष जेल सजाय सुनाइसकेको छ। अदालतले दोषी भनेर ठहर गरिसकेपछि पनि मैनाली ले कारागारका बाट नै पिडित महिलालाई फोन गरेर ज्यान मार्ने धम्की दिन थालेपछि पिडित महिलाले प्रहरी बृत सिहदरबारमा उनले मैनाली बिरुद्ध आवश्यक कारबाहीको माग गर्दै ज्यान जोगाइदिन निबेदन दर्ता गराइएकी थिइन् सो निवेदनको आधारमा सिंहदरबारले डिल्लीबजार कारागारलाई पत्रचार गरेको छ। परिवर्तित नाम सिंहदरबार ८४ अहिले झन् बिक्षिप्त अवस्थामा पुगेकि छिन्।

उनी भन्छिन् हालका गृहमन्त्री रवि लामिछाने ज्यु संन्चारकर्मि हुदा तिमिलाई न्याय दिन्छु भन्दै ग्यालेक्सी टेलिभिजन मार्फत समाचार बजाउदै सहयोग समेत गर्दै सधै साथ अनि सहयोग रहन्छ भन्नुभएको थियो र तर अहिले उहाँ गृहमन्त्री हुनुहुन्छ उहाँको कार्यकालमा नै जेलबाट मलाई पटक पटक फोन आइरहेको छ।

धम्की आए सगै उहाँ लाई। भेट्ने धेरै कोशिस गरे तर मन्त्री ज्युलाइ भेट्न सकिन उनी भन्छिन् सम्पति न्युजलाई। दिएको जानकारी अनुसार मैनालीले उनलाई२०७८/७/१५ गते बागबजार को एक गेस्ट हाउसमा जबर्जस्ति करणी गरेका थिए। पिडित महिलाको जाहेरी को आधार मा उनी १६ गते प्रकाउ परेका थिए ।

थुनछेक वहसको क्रममा जिल्ला अदालत ले थुनामा राखी अनुसन्धान गर्दै थियोे तर पिडक उच्च अदालत गएर माघ ६ गते धरैटिमा छुटे त्यस पछि पिडित झनै पिडित बन्न पुगिन नेपाल सरकार उच्च अदालतको बिरुद्ध सर्वोच्च अदालत गयो झन्डै डेढ वर्षको अन्तराल पछि मिति २०८०/२ /२६उनको पेशिको पालो आयो र श्री इश्वर प्रसाद खतिवडा र श्री मनोज कुमार शर्मा को इजलासले उनिलाइ न्याय दियो । मिति २०८०/२/२६गतेको आदेश अनुसार मैनाली जेठ ३० गते देखि डिल्लीबजार कारागारमा छन् ।

जेलमा बसेका बलात्कारीले कारागार बाट नै पिडित महिला लाई फोन गरेर धम्की दिदै तेरो परिवार नै सखाप पारिदिन्छु भन्दै गालिगलोच गर्ने गरेका पिडित महिला बताउछिन् कारागारको बिभिन्न नम्बर बाट फोन आउँछ। तैले मलाई जेल हालिस म तेरो लास बेपत्ता नै बनाइदिन्छु भन्दै डिल्लीबजार कारागारको नम्बर ९७६२८७५४६७ वाट उनलाई पटकपटक फोन गर्ने गरेका छन् । मेरो साथि गुण्डा लगाएर तलाई सखाप पारिदिन्छु छोरा-छोरीलाई अपहरण गरिदिन्छु भन्दै धम्काउ छन् । मैनाली ले फरक-फरक नम्बर बाट फोन गर्ने हुँदा नचिनेको नम्बर बाट फोन आयो भनेपनि फोन उठाउन निकै डर लाग्छ ।

कारागारबाट यसरी फोन गरेर धम्काउन मिल्छरु पिडित भन्छिन विपक्षीले मलाई व्यतिगत नम्बर मा फोन गरेर टचर दिदाँ म एकदम अशुरक्षित भैरहेको छु । कारागार व्यवस्थापन विभागका प्रवक्ता कमल प्रसाद पाण्डे कारागार बाट फोन गरेर धम्काउन नमिल्ने बताँउछन् ।

उहीँ मुद्दाका पक्ष विपक्षीमा त झन् होसियार हुनुपर्ने उनले भने कारागारमा रहेका व्यक्तिले आफन्त र घर परिवारमा कुराकानि गर्नको लागि फोन को सुबिधा दिएको हुन्छ । कारागार बाट यसरी धम्की दिनेलाई आन्तरिक कारबाही हुने पाण्डेले बताए।पीडित महिलाले प्रहरी कार्यालय बाट पत्र लिएर सम्बन्धित कारागार कार्यलयमा गएर निवेदन दिँदा कारागारले आन्तरिक छानबिन गर्छ ।

गलत भएको पृष्टि भएमा कानुनी कारबाही अगाडि बढ्ने बताउदै यस्तो अबस्थामा फोन गर्नेलाई निगरानी गर्ने कारागार सरुवा गर्ने तथा फोनको सुबिधा नदिने लगाएतको कारबाही हुनसक्ने उनले बताएको पीडित महिलाले सुनाइन् ।

केहि दिन अधि पीडित महिला स्वयं कारागार प्रशासन समक्षपुगि आफुलाइ सुरक्षा दिन हारगुहार गर्दै पुगेको समाचार जानकारीमा आएको छ। पीडित महिलाको तर्फबाट वरिष्ठ अधिबक्ता उद्दब चौलागाईं ,राधिका खतिवडा ,गोपाल श्रेष्ठ ,शर्मिला श्रेष्ठ ,मानबहादुर लामिछाने लगायतले निशुल्क बहस गर्दै आएका छ्न भने खतिवडाले त पीडितलाई मनोबल बढने गरि निरास नहुन र न्यायको निम्ति अन्तिम सम्म आफनो साथ सहयोग रहेको बताएको पीडितले हाम्रो सम्बादाता सगको भेटमा बताइन् ।

प्रकाशित मिति:March 28, 2024