राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

  Sampatti News Online

March 28, 2024

 राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् । अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । 

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

यसअघि गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको थियो । तर, पछि नेकपा एस मिसिएसँगै नयाँ सहमतिमा त्यो बुँदा हटाइएको छ । तर, गठबन्धन दलबीच उपाध्यक्ष कसको भागमा राख्ने भन्ने औपचारिक सहमति भइसकेको छैन ।

प्रकाशित मिति:March 28, 2024