वेस्ट इन्डिजले दियो नेपाललाई २ सय ५ रनको लक्ष्य

  Sampatti News Online

April 27, 2024

काठमाण्डौ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज एु ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ुएु ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायो । वेस्ट इन्डिज ुएु का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए । यस्तै एलिक अथान्थीले ४७ रन बनाए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल र अबिनाश बोहराले समान १ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरमै हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

प्रकाशित मिति:April 27, 2024