गगन थापाको कटाक्ष- एमालेमा बा, नयाँ दलमा भगवान् प्रश्नभन्दा माथि छन्

  Sampatti News Online

March 28, 2024

 काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् ।

बिहीबार पश्चिम नवलपरासीमा संवाद यात्राका क्रममा महामन्त्री थापाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै प्रश्नभन्दा माथि रहेको सभापतिले ठगे पनि छुट पाइरहेको बताएका हुन् । 

थापाले नयाँ भनिएको पार्टीका अध्यक्षले आफूलाई प्रश्नभन्दा माथि राख्न खोजेको टिप्पणी गरेका छन् । अध्यक्ष भनेको भगवान्, भगवानलाई प्रश्न गर्न नपाइने । भगवानले ठगे पनि हुने, लुटे पनि हुने ।’

उनले भने- एमाले कस्तो पार्टी बन्यो भने पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्नै नपाइने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बा प्रश्न भन्दा माथि ।’ यसरी पनि पार्टी चलिरहेका छन् ।

महामन्त्री थापाले कार्यकर्तालाई केन्द्र सरकारको बारेमा धेरै चिन्ता नलिन आग्रह गर्दै केही समयमा फेरि सरकार चलाउने बताए । महामन्त्री थापाले हुलाकी राजमार्ग केन्द्रित संवाद यात्रा शुरू गरेका हुन् ।  

प्रकाशित मिति:March 28, 2024