यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

April 1, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १५ पैसा र बिक्री दर १३३ रुपैया ७५ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ १० पैसा र बिक्री दर १६८ रुपैयाँ ८६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ६५ पैसा र बिक्री दर १४८ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८४ पैसा र बिक्री दर ८७ रुपैयाँ २३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७८ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४४ पैसा र बिक्री दर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रकाशित मिति:April 1, 2024