चेन्नईलाई हराउँदै दिल्लीले दर्ता गर्यो पहिलो जित

  Sampatti News Online

April 1, 2024

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हात पारेको छ। विशाखापटनममा शनिबार भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हरायो ।

दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि अजिंक्य रहाणेले सर्वाधिक ४५ र महेन्द्र सिंह धोनीले अविजित ३७ रन बनाएका थिए।

त्यसै गरी डार्यल मिचेलले ३४, रविन्द्र जेडेजाले अविजित २१ रन बनाएका थिए। त्यसै गरी दिल्लीका बलर मुकेश कुमारले सर्वाधिक ३ विकेट लिए भने खलिल अहमदले २ तथा अक्सर पटेलले एक विकेट लिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो।

दिल्लीका लागि डेभिड वार्नरले ५२ र ऋषभ पन्तले ५१ रन बनाएका थिए। त्यस्तै पृथ्वी शाहले ४३ र मिचेल मार्शले १८ रन बनाएका थिए। यो यस सिजनमा दिल्लीको तेस्रो खेलमा पहिलो जित हो।

प्रकाशित मिति:April 1, 2024