नेप्सेमा सामान्य अंकको गिरावटसंगै कारोबार रकम पनि घट्यो

  Sampatti News Online

April 1, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबारको दिन सोमबार सामान्य अंकको गिरावट भएको छ ।  नेप्से परिसूचक ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।

  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ६३ हजार १५ पटकको कारोबारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, माइखोला हाइड्रोपावर लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।         

आज रिभल्स फल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ४७ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।           

प्रकाशित मिति:April 1, 2024