अन्तिम खेलमा नेपालको रोमाञ्चक जित 

  Sampatti News Online

April 1, 2024

काठमाडौँ । नेपाल एले आयरल्यान्ड एलाई ३ रनको रोमाञ्चक जित हात पारेको छ। टियु क्रिकेट मैदानमा टी-२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल ३ रनले विजयी भएको हो। 

नेपाल एले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड एले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १२० रनमात्र बनायो। आयरल्यान्डका लागि गरेथ डेलानीले सर्वाधिक ६८ रन बनाए भने मोर्गन टोपिङले ६० रन बनाए। त्यस्तै ओपनर रोस अदिरले ३१ र फिओन ह्यान्डले २२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

एक समय ७.१ ओभरमा ५२/४ को अवस्थामा पुगेको आयरल्याण्डलाई पाचौं विकेटका लागि मोर्गन र ग्यारेथ डेलानीले १२९ रनको शानदार शतकीय साझेदारी गर्दै जितको आशा कायम राखेका थिए । आयरल्याण्ड ए का ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट भए । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए ।

नेपाल एका लागि  विपिन खत्रीले ३ विकेट लिए भने कमल सिंह ऐरी, नारायण जोशी र रसिद खानले एक-एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१३ रन बनाएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । नेपालको जितमा आरिफ शेखले ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनको अविजित इनिङ खेलेका थिए । तीव्र गतिका बलर कमलसिंह ऐरीले अन्त्यमा ७ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण १९ रन जोडेका थिए ।

नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए ।

पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । रासिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए ।

आयरल्याण्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १र१ विकेट लिए । नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाइसकेको छ । आयरल्याण्ड ए र नेपाल ए बीच अब एकदिवसीय सिरिज हुनेछ । पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

प्रकाशित मिति:April 1, 2024