त्रिकोणात्मक टी–२० सिरिज : नेपाल आज भारतको बरोडासँग खेल्दै

  Sampatti News

April 2, 2024

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले आज भारतको बरोडासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा गुजरातलाई ८ विकेटले परास्त गरेको नेपालले मंगलबार दिउँसो २ः४५ बजे बरोडासँग खेल्न लागेको हो ।

नेपाल आजको खेल आफ्नो पोल्टामा पारेर जितको सिलसिलालाई यथावत् राख्न चाहन्छ । उता बरोडा पहिलो जितको खोजीमा हुनेछ ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।

प्रतिक्रिया

प्रकाशित मिति:April 2, 2024