घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

  Sampatti News Online

April 2, 2024

काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) छापावाला सुनको मूल्य १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ । 

सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

प्रकाशित मिति:April 2, 2024