झिनो अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकममा सामान्य गिरावट

  Sampatti News Online

April 2, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन मंगलबार झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १.८५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ। यता सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस दिन क्रमशः ०.५३ अंक र ०.१८ अंक बढेको छ।                                                                      

नेप्सेमा आज २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०९ वटाको बढेको छ भने १२७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेमा आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।          

आज ज्योति विकास बैंक बोण्ड २०८७ को शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.५० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १४ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन सर्वोत्तम सिमेन्टको साढे ९ करोडको शेयर कारोबार भएको छ भने तारागाउँ रिजेन्सी होटलको करिब साढे ७ करोडको शेयर किनबेच भएको छ।         

प्रकाशित मिति:April 2, 2024