ललितपुरको हत्या घटनाका पाँचौँ आरोपित राजु गुरुङले आत्मसमर्पण

  Sampatti News Online

April 2, 2024

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्यामा संलग्न आरोपी राजु गुरुङले आत्मसमर्पण गरेका छन् । तेह्रथुम घर भएर ढोलाहिटी बस्दै आएका गुरुङले जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसमर्पण गरेका हुन् । 

चैत गते फागुपूर्णिमाको राति ललितपुर महानगरपालिका–२६ स्थित ढोलाहिटीमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ का २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपलिका–१३ का २८ वर्षीय रेवश राईको हत्या भएको थियो ।

हत्यामा संलग्न भएको आरोपमा खोटाङको साकेला गाउँपालिकाका ३१ वर्षीय विजय राईसहित चारजना सोही दिन राति पक्राउ परेका थिए । राजु फरार थिए । हत्यामा संलग्न आरोपमा यसअघि रेस्टुरेन्ट सञ्चालक खोटाङ घर भएका ३१ वर्षीय विजय राई, अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

तेह्रथुमका राजुले जिल्ला प्रहरी कार्यालय ललितपुर पुगेर मंगलबार आत्मसमर्पण गरेको छ ।

प्रकाशित मिति:April 2, 2024