यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

April 3, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १२ पैसा र बिक्री दर १३३ रुपैया ७२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ५६ पैसा र बिक्री दर १४७ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५४ पैसा र बिक्री दर ८६ रुपैयाँ १३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७८ पैसा र बिक्री दर ८ रुपैयाँ ८२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४० पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

प्रकाशित मिति:April 3, 2024