नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

  Sampatti News

April 4, 2024

काठमाडाै । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने तयारी छ ।

यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन तीन दिनयता छलफलमा जुटेपनि निर्णय हुन सकेकाे छैन । कांग्रेस तीन दिनदेखि इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन लागिपरेका छन् ।

प्रकाशित मिति:April 4, 2024