नेपाल टेलिकमले आफ्नो एनटीटिभी सेवामा शुरु गर्यो आलाकार्ट शुल्क प्रणाली लागू

  Sampatti News

April 4, 2024

काठमाडाैं । नेपाल टेलिकमले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवा (NtTV) का ग्राहकहरुका लागि एनटीटिभी आलाकार्ट शुल्क प्रणाली लागु गरेको छ।

सो अनुरुप ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार, बेसिक प्याकेज लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुरुप तपसिल बमोजिमका बुके प्याकेजहरु खरिद गर्न सक्नेछन्।

ग्राहकले बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा जानुपर्नेछ भने बेसिक प्याकेज लिएका ग्राहकहरुले थप बुके प्याकेज खरिद गर्नका लागि टिभीको मेनूमा गएर आफैं खरिद गर्न सक्ने नेपाल टेलिकमले उल्लेख गरेको छ।

प्रकाशित मिति:April 4, 2024