सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणले दियो लाइन काट्ने चेतावनी

  Sampatti News Online

April 5, 2024

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ।

 प्राधिकरणले आज एक सूचना जारी गर्दै सडक बत्तीको बक्यौता रकम नतिर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको हो ।

बक्यौता महशुल नतिर्ने र बिनामिटर नेपाल विद्युत प्राधिकरणको स्वीकृति नलिई अनधिकृत तवरबाट सडक बत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तहको सडक बत्ती र कार्यालयको समेत विद्युत् लाइन जुनसुकै बेला काटिन सक्ने ब्यहोर यसै सूचनामार्फत जानकारी गराइन्छ,’ प्राधिकरणले प्रकाशन गरेको सूचनामा भनिएको छ।

प्रकाशित मिति:April 5, 2024