सुन र चाँदी दुबैको भाउ घट्यो, यस्तो छ आजको कारोबार

  Sampatti News Online

April 5, 2024

नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बिहीबार छापावाला सुन हालसम्मकै उच्च मूल्य १ लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै शुक्रबार चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी पनि हालसम्मकै उच्च मूल्य प्रतितोला १ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति:April 5, 2024