नेप्सेमा दोहोरो अंकको सुधार

  Sampatti News Online

April 7, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २२.७५ अंक बढेर २०२६.८१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक बढेको छ।

 नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६४ हजार २२१ पटकको कारोबारमा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स कम्पनी लिमिटेड, पोखरा फाइनान्स कम्पनी, जानकी फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।        

आज तारागाउँ रिजेन्सी होटल शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्सको प्रमोटर शेयरको भएको छ । आज यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

प्रकाशित मिति:April 7, 2024