उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न पनि आजै दिइने

  Sampatti News

April 9, 2024

काठमाडौं । आगामी वैशख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। यस्तै आजै साँझ उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ।

आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आयोगले उम्मेदवारलाई ५ बजेसम्ममा निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेकाे छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति:April 9, 2024