लगातार बढ्दै सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार

  Sampatti News

April 10, 2024

काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

बुधबार पनि बढेर रेकर्ड बनाएको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज मंगलबारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति:April 10, 2024