घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच

  Sampatti News Online

April 11, 2024

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य स्थिर रहडिया प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:April 11, 2024