पोखरा महानगरपालिकाका इन्जिनियर डेढ लाख घुससहित अख्तियारको फन्दामा

  Sampatti News Online

April 11, 2024

पोखरा । पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो । पोखरा ५ पस्र्याङबाट उनी पक्राउ परेका हुन् । 

घर निर्माण सम्पन्न प्रमाणपत्र दिने नाममा लिएको घुस रकमसहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारको कार्यालय पोखराका प्रमुख आस्मान तामाङले बताए । सेवाग्राही पोखर वडा नम्बर १० का हुन् ।

तामाङका अनुसार अख्तियारले उनलाई नगदसहित नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति:April 11, 2024